Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पश्चिमी वायुको प्रभावले उपत्यका केही न्यानो - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १७, २०७२

पश्चिमी वायुको प्रभावले उपत्यका केही न्यानो

हिमालखबर

पश्चिमी वायुको प्रभावका कारण बादल लाग्दा आज काठमाडौँ उपत्यकासहित पहाडी भेगको तापक्रममा केही सुधार आएको छ ।

उपत्यकाको आकाशमा बादल लागेपछि तापक्रममा थोरै वृद्धि भई १७ पुसमा केही न्यानो महसुस भएको छ ।

यद्यपि उपत्यकामा चर्को घाम नलागेका कारण बिहानीपख बढी चिसो भएको थियो ।

पश्चिमी वायुको प्रभावले आंशिक बदली हुँदा आज उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस पुगेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

पछिल्ला केही दिन निरन्तर तापक्रम घटेर चिसो बढेका बेला आज मौसम बदलीका कारण उपत्यकामा केही न्यानो महसुस भएको छ । पुसको पहिलो साता उपत्यकाको न्यूनतम तापक्रम घटेर शून्य डिग्रीसम्म पुगेको थियो ।

मौसमविद् कँडेलका अनुसार पहाडी भेगमा एक दुई स्थानमा वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

न्यूनतम तापक्रम बढेपनि उपत्यकामा चर्को घाम भने लाग्न सकेको छैन । अझै एक/दुई दिन उपत्यकाको मौसम स्थिर रहने बताइएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १९ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>