Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भित्रभित्रै विभाजित मधेशी मोर्चा - Himalkhabar.com

समाचारशुक्रबार, पौष १७, २०७२

भित्रभित्रै विभाजित मधेशी मोर्चा

सइन्द्र राई

‘अन्तिम धक्का’ भन्दै घोषित आन्दोलनका कार्यक्रम १९ पुसमा सकिएपछि के गर्ने भन्नेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलहरु विभाजित देखिएका छन् ।

morcha3“राजेन्द्र महतोको बढ्दो लोकप्रियताबाट स्वःदुखित हुनेहरुप्रति हार्दिक समवेदना..”

सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग हुने वार्तामा सहभागी हुँदै आएका सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले १७ पुसमा यस्तो स्टाटस लेखे । विराटनगरको जोगवनी नाकामा धर्ना दिन बसेका पार्टी अध्यक्ष राजेन्द्र महतो १२ पुसमा प्रहरीसँगको झडपमा घाइते भएपछि मोर्चाकै नेताहरुले गरेको सार्वजनिक आलोचनाको खण्डन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विराटनगरमा उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएका महेतोले सस्तो लोकप्रियता कमाउन अस्पताल नछोडेको भन्दै मोर्चा घटक संघीय समाजवादी फोरम नेपाल र तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले सार्वजनिक आलोचना गरेका थिए ।

१५ पुसमै डिस्चार्ज गरिएको भएपनि अस्पताल नछोडेपछि उपेन्द्र यादव र महन्थ ठाकुर महतोप्रति असन्तुष्ट बनेको स्रोत बताउँछ ।

१६ पुुसमा वीरगञ्ज पुगेका उपेन्द्र यादवले सार्वजनिक रुपमै महतोमाथि खनिदै भने, “राजेन्द्र महतो सस्तो लोकप्रियता कमाउनतिर लागेका छन् ।”

बढ्यो खटपट
दोस्रो संविधानसभा निर्वाचनमा नराम्रोसँग धक्का खाएका मधेश केन्द्रित दलहरू दुई वर्षयता लगातार आन्दोलनमा छन्, तर गठबन्धन खुम्चदो छ । तेस्रो ठूलो दल एमाओवादीको बलियो साथ पाएपछि सडक आन्दोलनको अलवा संविधानसभाभित्र तोडफोड गर्न समेत पछि नपरेको मोर्चा २५ जेठको १६ बुँदेपछि भने क्रमश एक्लिन थाल्यो ।

संविधान निर्माणका क्रममा आन्दोलनरत एमाओवादी र १४ साना दलहरुसँगै मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पनि संविधानसभामा फर्किएपछि बाँकी रहेका दलहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाए । तर, महतोले उग्र–प्रस्ताव ल्याएको भन्दै मोर्चा गठबन्धन निर्माणदेखि नै तुषरहित बन्न सकेन ।

मोर्चाले संविधानसभा बहिष्कार गरेर आन्दोलनमा जानुपर्ने प्रस्ताव सद्भावना पार्टीले राखे भने अन्य तीन दलले सडक र सदन दुवै उपयोग गर्ने अडान छोडेनन् । एमाओवादीसहितको गठबन्धनद्वारा २३ चैत २०७१ मा आह्वान गरेको आमहड्ताल विफल भएदेखि नै सद्भावनाले यस्तो प्रस्ताव राख्दै आएको थियो ।

प्रमुख चार दलले गरेको १६ बुँदेमा आधारित भएर वार्ताका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको अपिल नसुनी सद्भावना पार्टीका सभासदहरुले १ भदौ २०७२ मा संविधानसभा सदस्य पदबाट राजीनामा बुझाए । जबकी, ३ असोजमा मात्रै संविधान जारी भयो ।

३० साउनदेखि तराई–मधेशमा अनिश्चितकालीन आमहड्ताल, नाकाबन्दी र सरकारलाई असहयोग जस्ता आन्दोलनका गतिविधिहरुमा मोर्चाका नेताहरु पनि विभाजित नै छन् ।

काठमाडौंमा दर्जनौं पटक वार्ता भइसक्दा पनि महतो काठमाडौं आएका छैनन्, भने ठाकुर र यादव अधिकांश वार्तामा सहभागी छन् । मोर्चामा आवद्ध अर्को दल तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादव भने कहिले महतो त कहिले यादव–ठाकुरसँग नजिक देखिन्छन् । त्रिभुवन विमानस्थलबाट २० मंसीरमा दिल्ली पुगेका यादव–ठाकुरलाई छाडेर महतोसँग रेलमार्ग प्रयोग गरेका महिन्द्रराय यादव भने पछिल्ला निर्णयहरुमा महतोसँग नजिक देखिएका छन् ।
विभाजित अडानकै बीच चार महीना आन्दोलन चलिसकेको छ । सरकारलाई ‘अन्तिम धक्का’ दिन भन्दै ४ पुसमा घोषित आन्दोलनपछि भने मोर्चा विभाजन नजिक पुगेको देखिन्छ ।

स्रोतका अनुसार हरेक बैठकमा मोर्चामा प्रष्ट दुई धार देखिन्छ । स्रोत भन्छ, “प्राय बैठकमा सद्भावना वार्ता बहिष्कार गरेर आन्दोलन सशक्त बनाउनुपर्ने अडान राख्छ, तर यादव र ठाकुर दुवैलाई सँगसँगै लैजानुपर्ने पक्षमा छन् ।”

मोर्चामा देखिएको यही दुई धारका कारण आन्दोलन सशक्त हुन सकेको छैन भने वार्ता पनि निष्कर्षमा पुगेको छैन । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भने मोर्चा वार्ताकै पक्षमा भए पनि सरकारी पक्षको वेवास्ताले निकास निस्कन नसकको बताउँछन् ।

ठाकुर र यादवकै सहमतिमा निर्णायक भनेर १४ मंसीरमा सरकारले वार्ता राखेको थियो । तर, महतोकै अडानपछि मोर्चाले त्यसैदिन विराटनगरमा बैठक राख्यो ।

उक्त बैठकमा महतोले छठ पर्वपछि धर्ना दिन छोडिएको रक्सौल बाहेकका नाकाहरुमा पुनःधर्ना दिने कार्यक्रम सशक्त बनाउनुपर्ने अडान राखे ।
दुई दिनका लागि भनेर उपेन्द्र यादवको घरमा राखिएको बैठकमा महतोको निर्णय पारित हुन सकेन । यसपछि, पूर्वघोषित कार्यक्रमका लागि भन्दै सर्लाहीको लालबन्दीमा आयोजित सभाका लागि सवै नेताहरु विराटनगरबाट फर्किए । तर, यादव र ठाकुर भने लालबन्दीको सभा छाडेर अचानक काठमाडौ आए ।

सवै नाकामा धर्ना दिएर काठमाडौंको दानापानी ठप्प पार्नुपर्ने पूर्वअडान अनुसार मोर्चा घटक दलहरुको सहमति बिना जोगवनीमा धर्ना दिन महतो पुगेपछि भने मोर्चाका नेताहरू सार्वजनिक रुपमै विभाजित देखिएका छन् ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन मोर्चाकै कार्यक्रम अनुसार जोगवनीमा धर्ना दिइएको बताउँछन् । उनी भन्छन्, “आन्दोलनको विकल्प छैन, अहिले महतोको लोकप्रियताबाट आत्तिएकाहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।”

१२ पुसमा धर्ना दिन जोगवनी पुगेका महतो प्रहरीसँगको झडपमा परेपछि सरकारसँग मोर्चाको औपचारिक सम्वाद रोकिएको छ । प्रहरीको कुटाईबाट पार्टी अध्यक्ष नै घाइते भएकाले वार्ता अस्वीकार गर्नुपर्ने सद्भावनाको प्रस्ताव ७ पुसमा बसेको मोर्चाको बैठकले पारित नगरी यादव–ठाकुर सरकार र कांग्रेससँगको अनौपचारिक सम्वादमा रहेपछि मोर्चाका नेताहरुबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप हुन थालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>