Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सौर्य ऊर्जामार्फत दश मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता - Himalkhabar.com

समाचारशुक्रबार, पौष १७, २०७२

सौर्य ऊर्जामार्फत दश मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता

रासस

मुलुकमा चरम ऊर्जा सङ्कट बढ्दै गएका बेला निजी क्षेत्रले पछिल्लो पटक दश मेगावाट बराबरको सौर्य ऊर्जा प्रणाली जडान गर्ने सम्झौता गरेका छन् ।

काठमाडौंमा आज, १७ पुसदेखि शुरु भएको ‘नवीकरणीय ऊर्जा प्रदर्शनी, २०७२’ को अवसरमा आगामी ६ महिनाभित्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने व्यवसायिक प्रतिष्ठानहरुबीच सहमति भएको हो ।

कुल ५० किलोवाटभन्दा ठूला क्षमताका १२ सौर्य ऊर्जा प्रणाली जडान गरिने र औद्योगिक व्यवसाय चलाइने सम्झौतामा उल्लेख गरिएको छ ।

औद्योगिक घराना सौरभ समूहले भैरहवामा शहरिया सौर्य ऊर्जा कार्यक्रम मार्फत पाँच मेगावाट क्षमताको सौर्य प्रणाली सरल कर्जामा जडान गर्न लागेको हो । लेजरसन इनर्जी र इनर्जी इन्टरनेसनलले सो प्रणाली जडान गर्नेछन् । सो प्रणाली नै हालसम्मकै सबैभन्दा ठूलो सौर्य प्रणाली हुनेछ ।

यस्तै बेल्दिया फार्म नवलपरासीमा अविनाश ह्याचरीले २।९ मेगावाट क्षमताको प्रणाली जडान गर्ने भएको छ ।

नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ५०० किलोवाट, लोमस फर्माक्युटिकल्समा २०० किलोवाट र कृष्ण टेक्सटाइल उद्योगमा २०० किलोवाट सौर्य प्रणाली छ महिनाभित्र जडान गरी सकिनेछ ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले १०० किलोवाट, ब्लु बर्ड म्यानेजमेन्ट कम्पनीले ब्लु बर्ड मलमा तीन फरक फरक क्षमता गरी ३४५ किलोवाट, साङ्ग्रिला पोखराले २०० किलोवाट, सनराइज बैंकले १०० किलोवाट र दृष्टि मिडिया प्रालिले ५० किलोवाट सौर्य प्रणाली सहरी सौर्य ऊर्जा कार्यक्रममार्फत सरल कर्जामा जडान गर्न लागेका हुन् । सबै प्रणालीको क्षमता ९.६४ मेगावाट छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्र तथा सिभिल, एनएमबी र इन्भेस्टमेन्ट बैंकबीच सुलभ ब्याजदरमा सौर्य ऊर्जा प्रणाली जडान गर्न ऋण उपलब्ध गराउने समझदारी यसअघि नै भइसकेको छ ।

भारतको नाकाबन्दीपछि सरकारले सौर्य ऊर्जा प्रणालीलाई योजनाबद्ध रुपमा अगाडि बढाउने कार्यक्रम अगाडि सारेको छ । ग्रामीण क्षेत्रमा मात्रै दिँदै आएको अनुदानलाई शहरी क्षेत्रमा समेत विस्तार गरिएको छ ।

ऊर्जा सङ्कटका कारण दैनिक ११ घन्टा विद्युत्भार कटौती हुँदै आएको अवस्थामा त्यसबाट त्राण पाउने उपाय भनेकै तत्कालका लागि सौर्य ऊर्जा प्रणाली भएकाले आफूहरु त्यसतर्फ आकर्षित भएको अविनाश ह्याचरीका प्रमुख गुञ्जन विष्टले बताए ।

यस्तै नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रतिनिधि दिनेश श्रेष्ठले ऊर्जा सङ्कटलाई अवसरमा बदल्ने उद्देश्यका साथ आफूहरु सौर्य ऊर्जा प्रणालीतर्फ आकर्षित भएको जानकारी दिए ।

सौर्य ऊर्जाको क्षेत्रमा काम गर्दै आएका साइमेक्स इन्कका प्रकाश पाण्डे पछिल्लो दिनमा वैकल्पिक ऊर्जाको स्रोत खोज्ने र चासो व्यक्त गर्ने समूह बढ्दै गएको बताउँछन् ।

वैकल्पिक ऊर्जाबाट ३० लाख लाभान्वित
ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार वैकल्पिक ऊर्जाका विभिन्न माध्यमबाट हालसम्म ३० लाख बढी घरधुरी लाभान्वित भएका छन् ।

नेपाल सरकार र विभिन्न साझेदार संस्थाको साझेदारीबाट सञ्चालित कार्यक्रम मार्फत लघु जलविद्युत्बाट करिब २६ मेगावाट विद्युत् उत्पादन भएको छ ।
मुलुकभर तीन लाख ५० हजार बायो ग्यास प्लान्ट जडान गरिएको छ ।

यस्तै सात लाख बढी सौर्य विद्युत् प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण भइसकेको छ ।

ब्यारेकमा बायो ग्यास

सोही अवसरमा केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र नायब प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीका सबै ब्यारेक तथा तालिम केन्द्रमा बायो ग्यास प्रणाली जडान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

प्रहरीका २०० बढी ब्यारेकमा पहिलो चरणमा बायो ग्यास प्रणाली जडान गरिनेछ । त्यसमा प्राविधिक सहयोग केन्द्रले गर्नेछ । यस्तै निकट भविष्यमा नै सशस्त्र प्रहरी बलको ककनी तालिम केन्द्रमा समेत सो प्रणाली जडान गरिनेछ ।

सुरक्षा निकायका ब्यारेकमा जडान गरिने बायो ग्यासले वार्षिक ६० हजार सिलिन्डर विस्थापित हुने र त्यसबाट रु २५ अर्बभन्दा बढी रकम जोगाउन सकिने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>