समाचारशनिबार, पौष १८, २०७२

वर्दिया निकुञ्ज र कोसीटप्पु आरक्षमा खरखडाई शुरु

हिमालखबर

बर्दिया राष्ट्रिय निकुञ्ज र कोसीटप्पु बन्यजन्तु आरक्षम आजदेखि खरखडाईका लागि निकुञ्ज भित्र प्रवेस खुला गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट बाबियो लिएर फर्कँदै किसानहरु । तस्वीर: भावुक योगी

बर्दिया राष्ट्रिय निकुञ्जबाट बाबियो लिएर फर्कँदै किसानहरु । तस्वीर: भावुक योगी

मध्यवर्ती क्षेत्रका स्थानीयहरुको घरको छाना, डोरी, बारभित्ता निर्माण र वस्तुभाऊको चाराका लागि आवश्यक पर्ने खर बनकस (बाबियो) काट्न हरेक वर्षझैँ यसवर्ष पनि खरखडाई शुरु भएको छ ।

राजश्व र संरक्षण शुल्क गरी ४० रुपैयाँमा बिहान सुर्योदय देखि सुर्यास्तसम्म निकुञ्ज भित्र रहेका खर, खडीया, बाबियो मात्र काट्न पाउने गरी पहिलो चरणमा १८, १९ र २० गते निकुञ्ज प्रवेश खुला गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बबई नदीदेखि पूर्वतर्फ निकुञ्ज खुल्ला गरीएको छ । पहिलो पटक यस वर्ष दुई चरणमा निकुञ्ज प्रवेश खुल्ला गरीएको छ ।

यस्तै दोस्रो चरणमा बबई नदीदेखि पश्चिम तर्फ २२, २३ र २४ गते तीन दिनका लागि निकुञ्ज प्रवेस खुला गरीएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।

घर छाउन, घरका भित्ता बेर्न, खटिया, भकारी बनाउन, पशु चौपाय बाध्ने डोरी लगायतका काममा प्रयोगमा आउने खरखडिया काट्न स्थानियवासीहरु हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका वासिन्दाहरुको सुबिधाका लागि भन्दै प्रत्येक वर्ष खरखडाईका प्रवेस खुला गर्दै आएको छ । खर खडाई बाट मात्रै हरेक वर्ष ६ देखि ७ लाख राजश्व संकलन हुने गर्दछ ।

आज १० देखि १२ हजार मानिस निकुञ्ज भित्र प्रवेस गरेको र दोस्रो चरणमा १५ देखि २० हजार मानिस निकुञ्ज प्रवेश गर्ने निकुञ्जले जनाएको छ । मध्यवर्ती क्षेत्रका झण्डै ३० हजार बढी मानिस खर खडाईका लागि निकुञ्ज प्रवेश गर्ने गर्छन ।

खरखडाईका लागि निकुञ्ज पसेका बेला निकुञ्ज भित्रका जंगली हात्ती, बाघ, गैँडा, भालु लगायतका वन्यजन्तुको आक्रमणमा परी वर्षेनी स्थानीय बासिन्दाले ज्यान गुमाउने र घाईते हुनुपर्ने समस्या छ ।

निकुञ्जबाट खर लिएर फर्कँदै ।

निकुञ्जबाट खर लिएर फर्कँदै ।

कोसीटप्पुमा पनि खरखडाइ
प्रत्येक वर्ष खुल्दै आएको खरखडाइ यस वर्ष पनि तीन दिनका लागि खुल्ला गरिएको कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशहा सुनसरीले जनाएको छ ।

सुनसरीको पश्चिम कुशहा, मधुवन, शुक्रबारे, उदयपुरको भागलपुर, सप्तरीको पिपरा, बदगम्मा, कमलपुरलगायत स्थानबाट पुर्जी काटेर प्रवेश दिएको आरक्षले जनाएको छ ।

खर कटानका लागि पुस १५ गतेबाट १७ गतेसम्म पुर्जी दिएको र १८ गतेअर्थात् आजबाट खर काट्न दिएको सूचना आरक्ष प्रशासनले जनाएको छ ।

त्यसैगरी आरक्षले एक महिनापछि अर्ना गणनासमेत गर्ने तयारी भएको बताएको छ । आरक्षमा अर्ना गणना प्रत्येक चार वर्षमा गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>