Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ करोड सकियो, विमानस्थल बनेन - Himalkhabar.com

थप समाचारशनिबार, पौष १८, २०७२

६ करोड सकियो, विमानस्थल बनेन

हिमालखबर

– गगनशिला खड्का
गुल्मीको सिमिचौरमा विमानस्थल बन्ने भनिएको एक दशक नाघिसक्यो, साढे ६ करोड पनि खर्च भइसक्यो तर विमानस्थल अझै बन्न सकेको छैन ।

५० वर्षअघि डेभिड फिल्किनले खिचेको गुल्मीमा विमान अवतरण गरेको तस्वीर

५० वर्षअघि डेभिड फिल्किनले खिचेको गुल्मीमा विमान अवतरण गरेको तस्वीर

जिल्लाबासी धेरै पटक मन्त्री भए, दल र सरकारका उच्च तहमा पुगेका छन् तर, अहिलेसम्म थालेमाले मैदानले हवाईजहाज उड्ने ठाउँको आकार लिन सकेको छैन ।

५० वर्षअघि जिल्लामा पहिलो पटक विमान अवतरण गरेको इतिहास छ, त्यो पनि झोलुङ्गे पुलका सामान झार्न ।

“अहिलेको पुस्ताका धेरैलाई योे कथा जस्तो लाग्छ,” गुल्मी भार्सेका कुलबहादुर बुढाथोकी भन्छन्, “२०२२ सालतिर मजुवाको बजरमा हवाईजहाजले झोलुङ्गे पुलका सामान ओसाथ्र्यो ।”

अहिलेपनि गुल्मीको क्षेत्र नं १ लाई बडीगाड खोलाले छुट्याएको छ । क्षेत्र न. १ लाई सदरमुकामसंग जोड्नका लागि तत्कालीन रक्षामन्त्री गिरीप्रसाद बुढाथोकीको पहलमा सन् १९६६ मा मजुवामा झोलुङ्गे पुल बन्ने योजना ल्याईयो ।

पुल निर्माणका लागि अमेरीकन पिस कप्र्स भोलेण्टियर्सले सहयोग गरेको थियो ।

उक्त पुल निर्माणको सामाग्री र प्राविधिकहरुलाई त्यसबेला हवाईजहाजले काठमाडौंबाट ओसार्ने गरेको बुढाथोकीले बताए ।

gulmiबडीगाड खोलाको तिरमा रहेको खुल्ला बगरलाई ‘सर्ट टेकअफ ल्याण्ड’ को लागि प्रयोग हुने गरी रनवे तयार पारी हवाईजहाज अवतरण गर्ने बनाइएको थियो ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि मन्त्री बुढाथोकी र पिस कप्र्स डाईरेक्टर अफ नेपाल जर्ज जेडेन्स्टाईन् पनि हवाईजहाजबाटै त्यहाँ पुगेका थिए ।

तर त्यसपछि जिल्लामा हवाइजहाज अवतरण गराउने स्थानीयको सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>