Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशी मोर्चा फुटको संघारमा, सदभावनाद्वारा बेग्लै कार्यक्रम घोषणा - Himalkhabar.com

समाचारशनिबार, पौष १८, २०७२

मधेशी मोर्चा फुटको संघारमा, सदभावनाद्वारा बेग्लै कार्यक्रम घोषणा

हिमालखबर

मधेशी मोर्चामा आवद्ध दलहरुबीच पछिल्लो समय तिक्तता बढदै गएपछि सद्भावना पार्टीले अलग्गै आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले १९ देखि २७ पुससम्म आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् ।

यसअघि ‘अन्तिम धक्का’ भन्दै १९ पुससम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलहरुबीच आगामी कार्यक्रमहरु बारे मतभेद थियो ।

मतभेद कायमै रहँदा सद्भावना पार्टीले एक्लै थप कार्यक्रमहरु तय गरेको हो ।

सद्भावना पार्टीले १९ पुसमा सबै धार्मिकस्थलहरुमा शहीदहरुका लागि प्रार्थना सभा, २० गते दिउँसो १ घंटा मौन ब्रत, २१ गते भित्ते लेखन, २२ गते साइकल समेतका सवारी साधन साथै बायाँ हातमा कालो पट्टी, २३ गते दीप प्रज्वलन, २४ गते मधेश आन्दोलनका बारेमा सन्देश प्रवाह, २५ गते अन्य दलका सांसदलाई पार्टी छोडेर महतोको समर्थनमा आउन हस्ताक्षर संकलन, २६ गते मधेशमा भएको दमनविरुद्ध हस्ताक्षर अभियान र २७ गते उपवास लगायतका कार्यक्रमको घोषणा गरेको छ ।

आन्दोलनका कार्यक्रममा यसअघि मोर्चाले गर्दै आएको सीमा नाकामा धर्ना, राजमार्ग अवरोध र जुलुस हडताल लगायतका कार्यक्रमहरु भने उल्लेख छैनन् ।

यो पनि हेर्नुहोस: भित्रभित्रै विभाजित मधेशी मोर्चा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>