समाचारशनिबार, पौष १८, २०७२

अधिकारको लडाईं भन्दै आन्दोलन गर्ने दिन सकियोः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई राहत प्रदान गरेर सरकार युद्धस्तरमा विकास निर्माणको काममा केन्द्रित हुने बताएका छन् ।

नेकपा एमाले राष्ट्रिय सम्पर्क भेलाको उद्घाटन गर्दै उनले गलत कुरा गरेर मुलुकलाई अस्तव्यस्त बनाउने, जनजीवन प्रभावित बनाउने काम कोही कसैबाट पनि नहोस् भन्नेमा आफू प्रतिबद्ध रहेको बताए ।

कानून बनाउन नदिने, जनतालाई राहत दिन नदिएर हलो अड्काई गोरु चुट्ने काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब कुनै पनि बहानामा भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिने काम नरोकिने बताए ।

नेपालको संविधानले सबै वर्ग तथा क्षेत्रलाई अधिकार सम्पन्न बनाएको भन्दै उनले अधिकार प्राप्तिको लडाईं भन्दै केही मान्छे अझै पनि तोडफोडमा उत्रिएको र जनजीवन प्रभावित बनाउन लागिएको बताए ।

संविधानसभाबाट संविधान घोषणा भएपछि अधिकार प्राप्तिको लडाईं सकिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अझै पनि अधिकार भन्दै सडकमा उत्रनु र अराजकता मच्चाउनुको कुनै अर्थ नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>