थप समाचारआइतबार, पौष १९, २०७२
मधेश आन्दोलनले विस्थापित प्रहरी चौंकीहरु पुनःस्थापित
मधेश आन्दोलनका क्रममा विस्थापित भएकाे पर्साकाे गाउँ क्षेत्रका प्रहरी चौंकीहरु पुनःस्थापना गर्न थालिएको छ ।
१४ भदौपछि असुरक्षित महशुस गर्दै विस्थापित भएका प्रहरी चौकी पुनः सञ्चालनमा आउन थालेको हो । अहिलेसम्म पर्साका १७ मध्ये १४ प्रहरी चौंकी पुनःस्थापना भइसकेको छ ।
“स्थानीय जनताको माग बमोजिम १४ वटा प्रहरी चौकीमा सुरक्षाकर्मी पठाइसकेका छौं”, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने, “बाँकी तीन वटामा पनि केहि दिनमै टोली पठाउँछौं ।”
स्थानीयको पहलमा नै धोरे, लगडी, भिस्वा, बुढगाई, टिहुकी, जानकीटोला, उदयपुरघुर्मी एवं वीरगंजको रानीघाट, भिस्वालगायतका प्रहरी चौकीमा प्रहरी पठाइएको छ भने मिर्जापुर, आसवारी र पाँडेपुरमा केही दिनभित्रै प्रहरी पठाइने उनले बताए ।
–सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>