समाचारआइतबार, पौष १९, २०७२
तीन सातापछि सरकार र मोर्चाबीच वार्ता हुँदै
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच तीन सातापछि आज वार्ता हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दिउँसो ४ बजे प्रमुख तीन दल र ६ बजे मोर्चासँग वार्ता हुँदैछ । सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मोर्चासँग अनौपचारिक वार्ता गरिरहेपनि औपचारिक वार्ता हुन सकेको थिएन ।
२७ मंसीरमा भएको वार्तापछि सरकार र मोर्चावीच आज औपचारिक वार्ता हुन लागेको हो । तीन दल र मोर्चासँगको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>