Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहमतिकाे अन्तिम कसरत, नभए अघि बढ्ने तीन दलको तयारी - Himalkhabar.com

समाचारआइतबार, पौष १९, २०७२

सहमतिकाे अन्तिम कसरत, नभए अघि बढ्ने तीन दलको तयारी

सइन्द्र राई

3 dal

तीन दलकाे बैठकमा सहभागी । तस्वीरः पुष्पकमल दाहालकाे ट्वीटबाट

प्रमुख दलका शीर्ष नेताहरुले केही दिनभित्रै देशले निकास पाउने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला तीन सातादेखि अवरुद्ध अान्दाेलनरत मोर्चासँगको वार्ता आज हुँदैछ ।

२७ मंसीरदेखि रोकिएको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ ६ बजे बोलाइएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच साझा धारणा बनाएर मोर्चासँग वार्तामा बस्ने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार तीन दलबीच प्रदेश सीमाकंन आयोगको समयावधि तीन महीनाबाट केही तल झरेर भएपनि सहमति खोज्ने प्रयत्न हुनेछ । संविधानले ६ महीनाभित्र सीमाकंनबारे आयोगमार्फत टुंग्याउने व्यवस्था गरेपनि यसअघि तीन दलको सहमतिमा ३ महीनाभित्र टुंग्याउने संशोधन प्रस्तावमाथि संसद्मा छलफल भइरहेको छ ।

मोर्चाले तत्कालै टुंग्याउनुपर्ने माग राखेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । तर, लम्बिदो मधेश आन्दोलन र भारतीय संस्थापन पक्षबाट सरकारले दर्ता गराएको संशोधन प्रस्ताव पारित भए नाका खोल्ने संकेत दिएपछि मोर्चा दबावमा परेको देखिन्छ ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सरकार लचिलो भएर प्रस्तुत हुँदा वार्ता निष्कर्षमा पुग्ने बताउँछन् । उनी भन्छन्, “वार्ता सफल हुनेनहुने सरकार पक्षकै प्रस्तुतिले निर्धारण हुन्छ ।” सरकार र प्रमुख प्रतिपक्षसँग लगातार अनौपचारिक वार्तामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि बीचको बाटोमा सहमति खोज्ने प्रयत्नमा छन् ।

मोर्चाका एक नेता भन्छन्, “सरकारी पक्ष ३ महीना भन्दा तल झर्न सहमत भए मोर्चा आफ्नो अडानमा केही पुनःविचार गर्न सक्छ ।” प्रतिपक्ष कांग्रेसको सहमतिमा दर्ता गराइएको एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र हुनेगरी निर्वाचन क्षेत्र निर्धारण, समावेशी समानुपातिक व्यवस्था, तीन महीनाभित्र प्रदेशको सीमाकंन आयोगमार्फत टुंग्याइने, मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा र क्षतिपूर्ति सम्बन्धी सरकार निर्णयलाई पूरै अस्वीकार नगरी ‘अपरिपक्क’ भन्नुले पनि मोर्चा सहमतिमा लेनदेन गर्न तयार भएको देखिन्छ ।

मोर्चाभित्र देखिएको पछिल्लो खटपटले पनि यादव र ठाकुर सहमतिका लागि मानसिक रुपमा तयार भएको बुझ्न सकिन्छ । यही संकेत पाएपछि मोर्चाभित्रका एक घटक सद्भावना पार्टीले १७ पुसमा छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

यता, महतो बाहेकका दलले भने आजबाट आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम सकिएपनि थप कार्यक्रम सार्वजनिक गरेका छैनन् । तमलोपाका अध्यक्ष ठाकुरले यसअघि नै नाकाबन्दीलगायतका कार्यक्रममा पुनःविचार गर्न सकिने अभिव्यक्ति दिइसकेका छन् ।

१३ पुसदेखि संसद्मा संशोधन प्रस्तावमाथिको छलफल लम्ब्याउँदै आएका दलहरु अव पनि मोर्चासँग कुरा नमिले अघि बढ्ने तयारीमा छन् । सत्तारुढ दलहरु सम्मिलित उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यसको संकेत दिइसकेका छन् । उनले तीन दलबीचको वार्ता बस्नुअघि संभवत सहमति जुट्ने नजुटेपनि संविधान संशोधन अघि बढ्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>