समाचारआइतबार, पौष १९, २०७२
‘सभापति बलियो बनाउनेगरी कांग्रेसको विधान संशोधन’
नेपाली कांग्रेसका संगठन विभाग प्रमुख एवम् विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीभित्रको भागबन्डा हटाउनेगरी विधान संशोधन हुने बताएका छन् ।
उनले भने, “६०/४० को भागबन्डालाई हटाउनेगरी विधान संशोधन हुन्छ ।” ढुङ्गानाले सभापतीय अधिकार कमजोर हुँदा गुटउपगुट झाँगिएको बताउँदै पार्टी सभापतिलाई बलियो बनाउने विधान बन्ने बताए ।
पार्टीभित्र क्रियाशील सदस्यताको विवाद रहेको र त्यो एक दुई दिनभित्र समाधान हुने उनले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>