समाचारआइतबार, पौष १९, २०७२

उपेन्द्र यादवले भने, ‘अव सिंहदरवार घेर्छौ’

हिमालखबर

upendचार महीना लामो मधेश आन्दोलनका क्रममा पहिलो पटक बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने बताएका छन् ।

‘अन्तिम धक्का’ दिन भन्दै पूर्वनिर्धारित कार्यक्रमको अन्त्य गर्दै यादवले भने, “अव सिंहदरवार घेर्छौ, त्यहाँ अधिकार छ ।” उनले सुशील कोइराला र केपी ओलीकै कारण समस्या समाधान हुन नसकेको बताए ।

उनले भने, “मिलेर सिंहदरवार घेरौं, त्यहीँबाट अधिकार प्राप्त हुन्छ ।” यादवले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेको माले, मसाले र मण्डले यो सरकारले प्रमाणित गरेको बताए ।

मधेश आन्दोलनका क्रममा बुटवलमा आज ठूलो सभा भएको थियो । उनले पहाडमा भूकम्प जाँदा मधेशले सहयोग गरेकाले मधेशको समस्यामा पहाडले दुख नमनाएको बताए ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>