समाचारआइतबार, पौष १९, २०७२
बालुवाटार वार्ताः सहमतिका लागि दुवै पक्ष लचिलो हुने
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार, प्रमुख प्रतिपक्ष र मधेशी मोर्चाबीचको वार्ता सकिएको छ ।
तीन सातापछि बसेको वार्तामा कुनै ठोस निर्णय हुन नसकेपनि अर्काे वार्ता उपलब्धी मुलक बनाउनेगरी टुंगिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । उनका अनुसार दुवै पक्ष लचिलो भएर सहमति खोज्नेगरी अर्काे वार्ता गर्ने निष्कर्ष निकालिएको छ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले वार्ता सकारात्मक दिशातिर मोडिएको बताए । राति अवेरसम्म चलेको वार्तामा प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागी भएपनि मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर मात्रै प्रमुख नेता थिए । सद्भावनाले वार्ता अस्वीकार गरेको र उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले थप छलफल गर्नेगरी वार्ता टंगिएको छ ।
तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने सरकारी पक्षबाट प्रष्ट धारणा आउन नसकेको बताए ।