रमझमसोमबार, पौष २०, २०७२
रेडियो नेपालमा कथामाला
रेडियो नेपालले भूकम्प प्रभावितहरुको जीवन सहज बनाउन मद्दत पुग्ने खालका सूचना समेटिएको रेडियो नाटक ‘कथामाला’ प्रसारण थालेको छ ।
२० पुसदेखि प्रसारण थालिएको रेडियो नाटक हरेक दिन तीन पटक बिहान ८ः१० बजे, दिउँसो १२ः१० बजे र बेलुका ८ः१० बजे प्रसारण हुनेछ ।
अस्थायी शिविर, पानी र सरसफाईमा केन्द्रीत रेडियो नाटक ‘कथामाला’की मुख्य पात्र माला घरघरमा गएर गाईको दुध बेच्ने भूकम्प प्रभावित महिला हुन् । उनले नाटकमा दुध बेच्न घरघरमा जाँदा भूकम्प प्रभावितका लागि उपयोगी र अनुशरण योग्य उपायहरू सबैलाई सुनाउँछिन् ।
रेडियो नेपाल र बीबीसी मिडिया एक्सन नेपालले संयुक्त रुपमाउत्पादन गरेको रेडियो नाटक ‘कथामाला’मा २० कथा समेटिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>