समाचारसोमबार, पौष २०, २०७२

गोली प्रहार गरी सप्तरीमा असईको हत्या

हिमालखबर

सप्तरीमा गोली प्रहार गरी असई रमेश सुब्बाको हत्या गरिएकाे छ ।

गस्तीमा निस्किएका झुट्की प्रहरी चौंकीका इन्चार्ज असई सुब्बालाई गोली प्रहार भएको सप्तरी प्रहरी प्रमुख एसपी भीम ढकालले बताए ।

उनका अनुसार छातिमा गोली लागेका असई सुब्बालाई उपचारका लागि गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

गाेली प्रहार गर्ने समूहकाे पहिचान हुन नसकेकाे प्रमुख जिल्ला अधिकारी मानवहादुर विश्वकर्माले बताए । उनले भने, “गाेली प्रहार गर्ने समूह खाेजी गर्न प्रहरी टाेली परिचालन भइसकेकाे छ ।”

साँझ ६ बजे असई सुब्बामाथि गाेली प्रहार भएकाे थियाे ।

–श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>