समाचारमंगलबार, पौष २१, २०७२

गिरिजाको योगदान समाप्त पार्ने षडयन्त्रः सुजाता कोइराला

हिमालखबर

Sujata Koirala-Dangकांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी र मुलुकका लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदान समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गरेकी समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गरेकी छन् ।

पे्रस युनियन दाङले २१ पुसमा घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले केही व्यक्तिहरु गिरिजा कोइरालाको योगदान समाप्त पार्न लागिरहेको दाबी गर्दै उनको योगदानको रक्षा गर्नका लागि पनि आफूले पार्टी सभापतिमा उमेदवारी दिने बताइन् ।

“महाधिवेशन नजिकिदै गर्दा गिरिजाबावुको योगदान/लाइन समाप्त पार्नका निम्ति खेल भइरहेको छ,” उनले भनिन्, “त्यसैले पनि म सभापतिमा उठ्छु ।”

भारतले लामो समय नाकाबन्दी गरेर देश नै अस्तव्यस्त पारेको भन्दै उनले थपिन, “यो नाकाबन्दी मधेशी मोर्चाले गरेको होइन भारतले गरेको हो, मधेशी मोर्चाको त मधेशमा उफ्रने जनाधार समेत छैन ।”

उनले मधेश केन्द्रित दलहरुलाई जनाधार समाप्त भएपछि उग्रताको बाटो रोजेको समेत आरोप लगाइन् ।
देविका घर्ती मगर,दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>