समाचारमंगलबार, पौष २१, २०७२

सीमांकनमा सहमति नभएसम्म आन्दोलन जारी रहन्छः उपेन्द्र यादव

हिमालखबर

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सीमांकन सहित प्याकेजमा सहमति भएपछि तराईमा जारी आन्दोलन रोकिने बताएका छन् ।

वीरगन्जमा २१ पुसमा आयोजित कार्यक्रममा बोल्दै मधेशी मोर्चाका नेता यादवले ‘तीन दलले जबर्जजस्ती गरेर संविधान जारी गरेजस्तै अहिले पनि संशोधन गर्न लागेको’ आरोप लगाए ।

उनले नेपालको संविधान मृत्यु शैय्यामा पुगेको दाबी गर्दै संविधानको पुनर्लेखन हुनुपर्छ भन्ने मोर्चाको माग गरहेको बताए ।

“पटकपटक भएको वार्तामा सरकार गम्भीर रुपमा प्रस्तुत भएको छैन, वार्ताको नाममा नाटक मात्रै गरिरहेको छ,” यादवले भने ।

नेपालमा रहेको विविधतालाई संविधान मार्फत स्वीकार्न नसक्नु नै अहिलेको मुख्य समस्या भएको भन्दै यादवले आफ्ना मागहरु अझै पूरा नभए ‘भयानक’ आन्दोलन गर्ने चेतावनी दिए ।

आफूहरु वार्तामार्फत समस्या समाधानमा केन्द्रित रहेको भन्दै यादवले भने, “सरकार विभिन्न वार्ता टोली र कार्यदल गठन गरेर हामीलाई झुक्याउन खोजिरहेको छ । राजनीतिक रुपमा समाधान हुन नसकेको समस्याको निकास कार्यदलले निकाल्न सक्ने कुरै भएन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>