समाचारमंगलबार, पौष २१, २०७२

कांग्रेस कार्यालयमा अनशन नै अनशन

हिमालखबर

congressसंसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ ।

कांग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशनमा  छन् । उनी  डोल्पामा पार्टीको सङ्गठन कमजोर भएको र नयाँ सदस्यता थप गरेकामा पार्टीले सदर नगरेको भन्दै अनशन बसेका हुन् ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १० दिनदेखि रिले अनशनमा छन्  ।

केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाएका छन् ।

रौतहटका केन्द्रीय सदस्य मो अफ्ताव आलम रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील सदस्यता बाँडेको भन्दै नौ दिनदेखि रिले अनशनमा छन् ।  ६  निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील सदस्यता बाँडिएको उनले बताए ।

यता सोलुखुम्बु र रौतहटका पार्टी सभापतिले आफूले केन्द्रलाई बुझाएको सदस्यतालाई नै आधिकारिता दिनुपर्ने भन्दै पाँच दिनअघिदेखि रिले अनशनमा छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>