थप समाचारमंगलबार, पौष २१, २०७२

२८३ लाई सेवादल तालीम

हिमालखबर

मध्य तथा सुदूर पश्चिमका २८३ विद्यार्थी राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित भएका छन् ।

sewa_dalदीक्षित क्याडरहरु लाई दिक्षान्त समारोहमा नेपाली सेना नं ४ वाहिनी अड्डा बाँके राँझाका बाहिनीपति सहायक रथी खड्ग बहादुर मल्लले दज्र्यानी चिन्ह प्रदान गरे । दीक्षित भएकामध्ये १४१ छात्रा छन् ।

रोल्पा, प्यूठान, दैलेख, बाँके, बैतडी र कैलालीका विभिन्न विद्यालयवाट छनोट भएका विद्यार्थीहरुलाई सेनाको बाँके नौवस्ता स्थित सामूहिक क्याम्पमा राखिएको थियो ।

क्याडेडहरु नौवस्ताकै बोरिङ्ग वस्तीमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमा समेत सक्रिय भए । क्याम्पमा उनीहरुले यस तालिमवाट आफ्नो जीवनमा निकै परिवर्तन आएको वताए ।

sewa_dal1क्याम्पमा अनुशासन, शारिरिक व्यायाम, ड्रिल तेक्वान्दो लगायतका साथै लागु औषध, चेलिवेटी बेचविखन लगायतका विषयमा चेतनामूलक कक्षाहरु दिइएको थियो ।

राज्यलाई विपत परेका बेला तालिमप्राप्त स्वयमसेवी दस्ताबाट सहयोग लिन का लागि नेपाली सेनालाई विद्यार्थीलाई सेवा दल क्याडेड तालीम दिने गरेको छ ।
शब्द/तस्वीर–जयनारायण शाह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>