समाचारमंगलबार, पौष २१, २०७२

अरुण–३ सम्म जाने सडक बनाउन समझदारीपत्रमा हस्ताक्षर

हिमालखबर

arun33अरुण–३ जलविद्युत आयोजनाका लागि आवश्यक पहुँचमार्ग निर्माणका लागि सडक विभाग र आयोजना विकासकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरुण–३ को आयोजना विकासकर्ता एसजेभीएन अरुण–३ पावर डेभलेपमेन्ट कम्पनी प्राली र सडक विभागबीच २१ पुसमा भएको समझदारी पत्र (एमओयू) मा संखुवासभाको छ्याङकुटीदेखि दिदिङसम्म निर्माण हुने २८.६९ किमी सडक सडक विभागले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ ।

समझदारी पत्रमा विभागका तर्फबाट कोशी राजमार्ग आयोजना प्रमुख गोपालप्रसाद सिग्देल र कम्पनीका तर्फबाट सिइओ रोशनलाल नेगीले हस्ताक्षर गरेका छन् ।

९०० मेगावाट क्षमताको उक्त आयोजनाको लागि प्रस्तावित पावर हाउस र ड्याम साइट निर्माणस्थलस्थित नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गा समेत १७ पुसमा कम्पनीलाई हस्तान्तरण भइसकेको छ भने कम्पनीले पनि जग्गा प्राप्तिको आवश्यक रकम कम्पनीले विद्युत प्राधिरणलाई बुझाइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>