Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्व सभामुख नेम्वाङ संसदीय दलको उपनेता - Himalkhabar.com

समाचारमंगलबार, पौष २१, २०७२

पूर्व सभामुख नेम्वाङ संसदीय दलको उपनेता

हिमालखबर

subash nembang devaki (128)नेकपा एमालेले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा चयन गरेको छ ।

नेम्वाङलाई एमालेले केन्द्रीय कमिटी सदस्य मनोनित गर्दै स्थायी कमिटीमा बढुवा गरेको थियो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेम्वाङलाई संसदीय दलको बैठकले उपनेताको जिम्मेवारी दिएको हो ।

२०६३ मा संसद् पुनःस्थापनापछि लगातार सभामुख रहेका नेम्वाङ ३ असोजमा संविधान जारी भएसँगै पार्टी राजनीतिमा फर्किएका हुन् । यस्तै, एमालेले संसदकाे प्रमुख सचेतकमा भानुभक्त ढकाललाई बढुवा गरेकाे छ । ढकाल यसअघि सचेतक थिए । प्रमुख सचेतक अग्नी खरेल कानून मन्त्री भएपछि ढकाललाई बढुवा गरिएकाे हाे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>