Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जः धर्नाकारी र सामान बोक्ने समूहबीच झडप - Himalkhabar.com

थप समाचारबुधबार, पौष २२, २०७२

वीरगञ्जः धर्नाकारी र सामान बोक्ने समूहबीच झडप

हिमालखबर

वीरगञ्ज–रक्सौल सीमा नाकामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र व्यापारीका सामान बोक्ने समूहबीच आज विहान झडप भएको छ ।

भारतबाट नेपालतर्फ सामान लिएर आउँदै गरेका भारतीय नागरिकहरुलाई मोर्चाका कार्यकर्ताले रोकेपछि दुवैपक्षबीच झडप भएको हो । झडपमा परी मोर्चाका दुई जना कार्यकर्ता र एकजना बटुवा घाइते भएका छन् ।

मोर्चाका चुन्नु मिश्रा, असरफ मन्सुर र बटुवा सरफुद्दिन अंसारी घाइते भएका हुन् । घाइते मध्ये मिश्राको नाकमा र अन्यलाई सामान्य चोट लागेको छ । उनीहरुको नरायणी उपक्षेत्रीय अस्पताल उपचार भईरहेको छ ।

तस्करहरुले रक्सौलबाट तेल र कपडा लगायतका सामान नेपालतर्फ ल्याउँदै गर्दा मोर्चाका कार्यकर्ताले रोकेपछि झडप भएको धर्नाकारीहरुले बताएका छन् ।

शुरुमा कुम्लो बोकेर आउँदै गरेका दुई–तीन जनालाई रोकेपछि उनीहरूले आफ्ना थप साथीहरु बोलाएर आक्रमण शुरु गरेको र त्यसपछि दुवैपक्ष बीच झडप भएको मोर्चाका कार्यकर्ता असरफ मन्सुरले बताए ।

मोर्चाले वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिन थालेको आज १०४ औं दिन पुगेको छ । यसबीच पटक पटक व्यापारी र भारतीय नागरिकहरुसँग धर्नाकारीको झडप भइसकेको छ । सीमामा अवरोध भएपछि नेपाल र भारत दुवै तर्फका ब्यापारीहरुले निश्चित समूहलाई आफ्ना सामान बोकेरै वा टाँगा, रिक्साबाट आयात निर्यात गर्न ठेक्का दिने गरेका छन् । यस्तै सामान आयात-निर्यातको ठेक्का लिएका समूहसँग धर्नकारीको झडप भएको हो ।

अहिले धर्नास्थलमा मधेशी मोर्चाले थप कार्यकर्ताहरु खटाएको छ । यद्यपी रक्सौलतर्फबाट धर्नकारीमाथि ढुंगा प्रहार भइरहेको छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>