Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहज बन्दै काकडभिट्टा नाका - Himalkhabar.com

थप समाचारबुधबार, पौष २२, २०७२

सहज बन्दै काकडभिट्टा नाका

हिमालखबर

भारतले नाकाबन्दी गरेको करिब साढे तीन महिनापछि पूर्वको काकडभिट्टा सिमा नाका सहज बनेको छ ।

२१ पुसमा काकडभिट्टा–पानीट्यांकीे नाकाबाट ४३७ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेको मेची भन्सार काकडभिट्टाका अधिकृत निर्माण भट्टराईले जानकारी दिए ।

६ असोजमा भारतले नाकाबन्दी शुरु गरेयता उक्त भन्सारबाट सबैभन्दा बढी २१ पुसमा रु दुई करोड ९९ लाख भन्सार राजश्व संकलन भएको थियो ।
२२ पुष बिहान ११ बजे सम्ममा १५० मालबााहक गाडि काकडभिट्टा प्रवेश गरेका छन् । भट्टराई अघिल्लो दिनको भन्दा बढता अर्थात कम्तिमा पाँचसय मालबाहक नेपाल प्रवेश गर्ने अनुमाान गर्छन । भन्छन्, “यसले नाका सहज बन्दै गएको देखिन्छ ।”

भारतबाट हिजो र आज आयात भएका सामाग्रीमा क्लिंकर, कोइला, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफुल, औधोगिक कच्चा पदार्थ र तेस्रो देशका कन्टेनर बढी छन् ।

इन्धनको आयात भने अझै सहज बनिसकेको छैन ।

झापामा रहेका आयल निगमका ३५ ट्यांकर मध्ये दैनिक १८—२० वटाले मात्र इन्धन पाउने गरेका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>