समाचारबुधबार, पौष २२, २०७२
दाङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो
दाङको घोराही–तुलसीपुर सडक खण्डको सौरीकुलामा २२ पुस बिहान भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा थप दुई जना महिलाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको प्रहरीले जनाएको छ ।
कोहलपुरमा तुलसीपुर–१ रानागाउँकी कमीनी खड्का र सल्यान काभ्रा गाविस वडा नं–६ निवासी २४ वर्षीया विष्णु विष्टको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
यसअघि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परी हालसम्म ४ जना महिला, १ जना बालक र २ जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।
उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु हुनेहरुमा माइक्रो बसका चालक मानपुर–७ बनकट्टि निवासी २० वर्षे धनबहादुर थापा (सुमन), त्रिपुर १ नारायणपुर निवासी ३६ वर्षीया सवनम अनसारी र हेमन्त विष्ट, सल्यान काभ्रा–६ का साढे दुई वर्षे बालक हेमन्त बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उपक्षेत्रीय अस्पतालमा मृत्यु भएकामध्ये दुई जना महिलाहरुको अझै सनाखत हुन सकेको छैन ।
घाइतेहरुको नेपालगञ्ज, भैरहवा र बुटवलमा उपचार भइरहेको छ ।
-देविका घर्ती मगर/दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
