थप समाचारबुधबार, पौष २२, २०७२

पथलैयामा प्रहरीको अत्याधुनिक पेट्रोल पम्प

हिमालखबर

पूर्व पश्चिम लोकमार्ग र त्रिभूवन राजपथको संगम स्थल बाराको पथलैयामा नेपाल प्रहरीले आधुनिक पेट्रोल पम्पसञ्चालनमा ल्याएको छ ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

मेचीदेखि महाकालीसम्म आउजाउ गर्ने सवारी साधन तथा नेपालको प्रमुख नाका वीरगञ्जबाट देशका विभिन्न भागमा सामान र यात्रु बोक्ने सवारी साधनलाई लक्षित गरी पेट्रोल पम्प सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प २०४४ साल देखि स्थापना भई सञ्चालन भइरहेकोमा सवारी चापको बृद्धिलाइ दृष्टिगत गरी स्तरोन्नती गरिएको हो ।

प्रहरी कल्याण कोषद्वारा सञ्चालित उपत्यका बाहिरको एक मात्र पेट्रोल पम्प भएको र यसको क्षमता ४८ हजार लिटर रहेको पम्पका कर्मचारीले जानकारी दिएका छन् ।

एक करोड एक लाख ३९ हजार ७ सय ४० रुपैयाँको लागतमा निर्मित उक्त पम्पको बुधवार मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक देवेन्द्र सुवेदीले उद्घाटन गरेका हुन् । पम्प मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको अगाडि छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>