खेलकुदबुधबार, पौष २२, २०७२
महिला हिंसा विरुद्ध फुटसल प्रतियोगिता
‘महिला हिंसा विरुद्धको बोल, अखिलको गोल’ नाराका साथ अनेरास्ववियुले फुटसल प्रतियोगिता गरेको छ ।
काठमाडौंको बानेश्वरमा भएको प्रतियोगितामा ३२ समूहले भाग लिएका छन् । अखिलको अतिरिक्त क्रियाकलाप तथा रचनात्मक विभागले गरेको प्रतियोगिताको उद्घाटन एमाले पार्टी सचिव गोकर्ण विष्ट र असिड आक्रमणमा परेकी संगीता मगर र सीमा बस्नेतले गरेका छन् ।
प्रतियोगितामा विभिन्न कलेज र जिल्लाबाट सहभागी भएको विभागका प्रमुख आरती लामाले बताइन् । प्रतियोगिता २३ पुसमा सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>