Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्वअर्थमन्त्री डा महत सम्मानित - Himalkhabar.com

थप समाचारबुधबार, पौष २२, २०७२

पूर्वअर्थमन्त्री डा महत सम्मानित

हिमालखबर

नेपाल चेम्बर अफ कमर्सले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई सम्मान गरेको छ ।

लन्डनबाट प्रकाशित हुने दि फाइनान्सिएल टाइमको सहप्रकाशन ‘दि बैंकर’ म्यागेजिनले पूर्व अर्थमन्त्री डा महतलाई सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको सन्दर्भमा आज चेम्बरले सम्मान गरेको हो ।

म्यागेजिनले प्रत्येक वर्ष दिँदै आएको उत्कृष्ट अर्थमन्त्रीको पुरस्कार ‘एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ दि एयर’ प्रदान गरेबाट समग्र नेपाल र नेपालीको शीर उच्च भएको भन्दै चेम्बरले सम्मान गरेको हो ।

गत १२ वैशाखमा गएको भूकम्पपछि उत्पन्न चुनौतीलाई परिभाषित गरी अर्थतन्त्रलाई धर्मराउन नदिन डा महतले खेलेको भूमिका सराहनीय भएको ‘द बैंकर’ले उल्लेख गरेको थियो ।

सम्मानपछि डा महतले आफूले प्राप्त गरेको सम्मान राष्ट्रको गौरव भएको बताउँदै तत्कालीन सरकारले गरेको राम्रा कार्यको अन्तर्राष्ट्रिय क्षेत्रबाट मूल्याङ्कन भएकामा सन्तोष व्यक्त गरे ।

राजनीतिक स्थिरता र अनुशासित हुने हो भने मुलुकले बर्सेनि आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउँदै डा महतले भने, “आर्थिक समृद्धि नै मुलुकको इज्जत हो । त्यसैले सबैले त्यसतर्फ ध्यान दिनैपर्छ ।”

आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्भेक्षण गरी ‘दि बैंकर’ले डा महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको बैंकरका एसिया सम्पादक स्टेफानिया पाल्माले जानकारी दिएकी थिइन् ।

सो अवसरमा अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदादेखि नै देशलाई उदारीकरणतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्नुहुने डा महतका कारण मुलुकको अर्थतन्त्रले ठूलो फड्को मारेको बताए ।

बैंकरले १४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार डा महत एसिया प्रशान्त क्षेत्र र विश्वस्तरमै उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>