Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डा. जयाले चितवनका २० छात्रछात्रालाई एसएलसीसम्म पढाउने - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २३, २०७२

डा. जयाले चितवनका २० छात्रछात्रालाई एसएलसीसम्म पढाउने

हिमालखबर

एक चिकित्सकले चितवनको शक्तिखोर र सिद्धि गाविसका विपन्न परिवारका २० बालबालिकालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोरेर पठनपाठनमा सहयोग गर्ने भएकी छन् ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले विपन्न परिवारका चेपाङ बालबालिका छानेर सहयोग गर्ने भएकी हुन् । अहिले ती बालबालिका कक्षा २ देखि ५ मा अध्ययन गरिरहेका छन् ।

बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेको, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने अनुमान गरिएको चिकित्सक श्रेष्ठले बताइन् ।

उनीहरुलाई पढ्ने सामाग्री र लुगाफाटोको कमी हुन नदिने प्रतिबद्धतासमेत डा श्रेष्ठले व्यक्त गरिन् ।

सहयोग पाएका चितवनको शक्तिखोरका १० र सिद्धिका १० जना बालबालिकालाई उनले आजै स्वीटरसमेत उपलब्ध गराइन् ।

सहयोग पाउन थालेपछि उनीहरु नियमित स्कुल आउन थालेको शक्तिखोरको चतुर्मुखी उच्चमाविले जनाएको छ ।

बालबालिकाको शिक्षा राम्रो भए उनीहरुको जीवनसमेत राम्रो हुने बताउँदै चिकित्सक श्रेष्ठले सबैभन्दा पहिले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

यसअघि उनले आफ्नै पहलमा पहाडी गाउँमा पटकपटक निःशुल्क स्वास्थ्य शिविरसमेत गर्दै आएकी थिइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>