थप समाचारबिहीबार, पौष २३, २०७२

जम्मु-कश्मिरका मुख्यमन्त्री सईदको निधन

हिमालखबर

sayedभारत प्रशासित राज्य जम्मू कश्मीरका मुख्यमन्त्री मुफ़्ती मोहम्मद सईदको निधन भएको छ । उनी ८० वर्षका थिए ।

फोक्सोमा संक्रमणका कारण दिल्लीको एम्स अस्पतालमा उपचाररत सईदको ८० वर्षको उमेरमा निधन भएको हो ।

पोहोर भएको विधानसभा निर्वाचनमा काश्मिर उपत्यकामा उनको पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) २८ स्थानमा विजयी भएको थियो ।

भाजपाको समर्थनमा जम्मुकश्मिरमा सरकार बनाएका मुफ्ती मोहम्मद सईदले गत मार्च २०१५ मा मुख्यमन्त्री पदको शपथ लिएका थिए ।

सईद भारतको केन्द्रीय गृहमन्त्री रहँदा उनकी छोरी रुबियालाई जम्मू–कश्मिर लिबरेशन फ्रन्टका चरमपन्थीले अपहरण गरेका थिए । रुबियालाई छुटाउन केन्द्रीय सरकारले पाँच विद्रोहीलाई जेलबाट रिहा गर्नु परेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>