समाचारबिहीबार, पौष २३, २०७२

जनकपुरमा व्यापारीले मोर्चाका नेताको मोटरसाइकल जलाए

हिमालखबर

जनकपुरमा सद्भावना पार्टी र तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्षद्वय सञ्जय सिंहको ज ३ प २९९१ र रुपनारायण मण्डलको ज २ प ५४१९ मोटरसाइकल स्थानीय व्यापारीले जनकचोकमा जलाइदिएका छन् ।

तस्वीर: घनश्याम मिश्र

तस्वीर: घनश्याम मिश्र

मोर्चाका धनुषा संयोजक समेत रहेका सञ्जय सिंहले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय साह, गणेश यूवा कमिटिका पूर्व अध्यक्ष एवम् उद्योग वाणिज्य संघका सचिव सुरेन्द्र भण्डारी र सन्तोष साहले मोटरसाईकलमा आगो लगाएको आरोप लगाएका छन् ।

साह र भण्डारीले भने जनक चौकमा आफूहरु नपुग्दै मोटरसाईकलमा आगजनी भइसकेको भन्दै आगजनीमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

सन्तोष साहले भने मोटरसाईकलमा आगजनी भइरहँदा आफू वाणिज्य संघमा रहेको बताएका छन् ।

यसअघि विहानै जनकपुरमा पसल खोलेको विरोधमा संघीय मधेशी गठबन्धनका विद्यार्थी नेता ज्ञानेन्द्र झाको समूहले पसलमा तोडफोड गरेको थियो ।

स्थानीय नेतामाथि आक्रमण भएपछि मोर्चाले औषधि पसल बाहेक सम्पूर्ण बजार बन्दको घोषणा गरेको छ ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>