समाचारबिहीबार, पौष २३, २०७२

संविधान सशोधन विधेयकमथि २५ वटा संशोधन दर्ता, कांग्रेसकै ६ वटा

हिमालखबर

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमाथि २५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक, २०७२ माथि २५ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

संशोधन विधेयकमाथि, सांसदहरु श्यामकुमार श्रेष्ठ, रामकुमार राई, प्रेम सुवालसहित २ जना, विमलेन्द्र निधिसहित ३२ जना, फरमुल्लाह मन्सुरसहित ३८ जना, मिनेन्द्र रिजालसहित १० जना, हरिचरण साह, रोमि गौचन थकाली, संजयकुमार गौतम, जयदेव जोशी, नारायण विडारी, रामशरण महत, रुक्मिणी चौधरी, सीमाकुमारी बिक लगायतले संशोधन दर्ता गराएका हुन्।

संसदको सबैभन्दा ठूलो दल, कांग्रेसकै ६ जना सांसदले संशोधन दर्ता गराएका छन् भने एमाले र राप्रपा नेपालको संशोधन परेको छैन ।

आन्दोलनरत मधेशी मोर्चासँग वार्ता भइरहेकाले उनीहरुसँग हुने सहमति अनुसार संशोधनका लागि कांग्रेसका तर्फबाट फरक फरक संशोधन दर्ता भएको हो ।

निधिको नेतृत्वमा दर्ता भएको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी प्रस्तावमा संविधानको धारा २८६ को उपधारा ५ लाई परिवर्तन गरी ‘जनसंख्यालाई प्रतिनधित्विको मुख्य आधार मानी जनसंख्या र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्ने’ उल्लेख छ ।

त्यस्तै धारा २८६ को उपधारा ६ मा हाल कायम रहेको व्यवस्थामा ‘जनसंख्या र भगौलिक अनुकुलता’ शब्दहरुको सट्टा ‘समान जनसंख्या र भगौलिक अनुकुलता’ भन्ने शब्दहरु राख्ने प्रस्ताव गरिएको छ ।

कांग्रेसकै रिजालले राखेको प्रस्तावमा धारा ८४ को उपधारा १ ९क० को अधिनमा रही जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधिको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्ने छ । उनको प्रस्तावमा प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहने भन्ने उल्लेख छ ।

अर्का नेता मन्सुरको नेतृत्वमा दर्ता भएको प्रस्तावमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा हुने प्रतिनिधित्वको बिषयमा संशोधन परेको छ । आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिबासी, जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएका वर्ग, लैङ्गिक तथा यौंनिक अल्पसंख्यक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस, आर्यलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागि गराउने उल्लेख छ ।

सविधानको धारा ४२(१), धारा ८४(१) र धारा २८६ मा संशोधन परेका हुन ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>