समाचारबिहीबार, पौष २३, २०७२

अदालतको फैसला: देवदहले विद्यार्थी भर्ना गर्न नपाउने, युनिभर्सलको कोटा नबढ्ने

हिमालखबर

मेडिकल काउन्सिलले स्नातक (एमबीबीएस र बीडीएस) तहमा निर्धारण गरेको विद्यार्थी कोटामा चित्त नबुझेर अदालत गएका देवदह मेडिकल कलेज रुपन्देही र युनिभर्सल मेडिकल कलेज भैरहवाको रिट पुनरावेदन अदालत पाटनले खारेज गरिदिएको छ ।

मापदण्ड नपुगेको भन्दै काउन्सिलले एमबीबीएसमा एक सिट पनि नदिएपछि देवदहले ‘नियमित निरीक्षण गरी सिट संख्या निर्धारण’ को माग गर्दै २४ कात्तिकमा रिट हालेको थियो ।

न्यायाधीशद्वय टेकराज नेपाल र डिल्लिराज आचार्यको संयुक्त इजलासले २२ पुसमा देवदहको रिट खारेज गर्दै काउन्सिलको निर्णयलाई सदर गरेको हो ।
त्यस्तै एमबीबीएसमा ९० र बीडीएसमा ३० सिट पाएको युनिभर्सलले गतवर्षकै (एमबीबीएसमा १५० र बीडीएसमा ६५) कोटा माग गर्दै १२ पुसमा रिट दायर गरेको थियो ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजालासले २१ पुसमा कलेजले मागे अनुसार अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै रिट खारेज गरिदियो ।

मेडिकल काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटाले निरीक्षणका क्रममा कलेजमा नक्कली प्रध्यापक भेटिएका, आवश्यकता अनुसार शैश्याको व्यवस्था नभएको र अन्य मापदण्ड पनि पूरा नभएको पाइएकाले सिट संख्या कटौती गरिएको बताए ।

उनले भने, “मापदण्ड अनुसारको पूर्वाधार र प्रध्यापक नपु¥याउने कलेजलाई मागे जति सिट दिन मिल्दैन ।”
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>