Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फिफा बरियता: नेपाल दक्षिण एशियाकै पुछारमा - Himalkhabar.com

खेलकुदबिहीबार, पौष २३, २०७२

फिफा बरियता: नेपाल दक्षिण एशियाकै पुछारमा

हिमालखबर

fifaविश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एशियाकै पुछारमा झरेको छ ।

फिफाले सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ ।

अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एशिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो ।

तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा पुर्‍याएको हो । भुटानलाई पनि पछि छोडेको श्रीलङ्का आठ स्थान माथि उक्लदै १८८ औं स्थानमा रहन सफल भएको छ ।

भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपको उपाधि गुमाउनका बावजुद अफगानिस्तान दक्षिण एशियाको शीर्ष स्थानमा कायम रहँदा तीन स्थान तल झर्दै १५३ औं स्थानमा छ ।

त्यस्तै समान स्थान तल झरेको माल्दिभ्स १५७ औं स्थानका साथ दोस्रो स्थानमा कायम छ भने साफको उपाधि विजेता भारतले तीन स्थान प्रगति गर्दै १६३ औं स्थानमा छ ।

त्यसैगरी तीन स्थान नै प्रगति गरेको बङ्गलादेश १७९ बरियताका साथ चौथो, एक स्थान तल झरेको पाकिस्तान १८५ अर्थात पाँचौं स्थानमा तथा चार स्थान गुमाएको भुटान १९२ बरियतामा रहँदा सातौं स्थानमा छ ।

यो महिना कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले बरियताको शीर्ष २२ स्थान अघिल्लै महिनाअनुसार यथावत छ । जसमा बेल्जियम, अर्जेन्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चगल, कोलम्बिया, बेलायत र अष्ट्रिया क्रमशः प्रथमदेखि दशौं स्थानसम्म कायम छन् ।

 नेपाल भन्दा तल जम्मा १५ देश

सन् १९९३ मा नेपाल १२४ औं स्थानमा थियो । खेलाडीहरू खेल मिलमतो(म्याच–फिक्सिङ)मा फसेको, एन्फा अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएको जस्ता कचिगंलमा फसेको नेपाल इतिहासकै खराब स्थानमा पुगेको हो  ।

नेपाल भन्दा तल टक्र्स एण्ड साइकोस काइकस आइल्याण्ड, सान मारिनो, ब्रिटीश भर्जिन आइल्याण्ड, सोलोमन आईल्याण्डस्, मंगोलिया, एण्डोरा, पपुवा न्यू गिनी, अङ्गुईला, बहमास, जिबोटी, इरिट्रिया, सोमालिया र टोँगा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>