समाचारबिहीबार, पौष २३, २०७२

राष्ट्रसंघीय उपमहासचिव फेल्टम्यान काठमाडौंमा

हिमालखबर

jeffrey feltmanसंविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिन संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्री फेल्टम्यान २३ पुस राति काठमाडौं आइपुगेका छन् ।

काठमाडौंमा रहँदा फेल्टम्यानले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदार र प्रमुख दलका नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका दिगो शान्ति एवम् विकास, भूकम्पपछिको पुनःनिर्माण, नेपालमा जारी राष्ट्रसङ्घीय विकास सहायतालगायत विषयमा पनि उपमहासचिव फेल्टम्यानले प्रमुख दलका शीर्ष नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको छ ।

उपमहासचिव फेल्टम्यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल र यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>