थप समाचारशुक्रबार, पौष २४, २०७२
‘कुटनीति र राजनीति’मा भारतीय चासो !
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको हालसालै बजारमा आएको पुस्तक ‘कुटनीति र राजनीति’ को अंग्रेजी संस्करणका लागि भारतका प्रकाशन गृहहरुले चासो देखाएका छन् ।
प्रकाशन भएको करिब तीन महिनाको अवधिमा तेस्रो संस्करण प्रकाशन भइसकेको पुस्तकको अंग्रेजी संस्करणका लागि भारतका विभिन्न प्रकाशन गृहहरुले आफूलाई आग्रह गरेको पाण्डेले हिमालखबरलाई बताए ।
“विभिन्न प्रकाशन गृहहरुले अंग्रजी संस्करणका लागि अप्रोच गरेका छन्, तर मैले जवाफ दिएको छैन” पाण्डेले भने, “सकेसम्म म आफै अंग्रेजी संस्करण पनि ल्याउने कि भनेर सोच्दैछु ।”
नेपाल–भारत सम्बन्धका थुप्रै भित्री पाटाहरु उजागर गरिएको पुस्तक कुटनीतिज्ञ पाण्डेको आत्मकथा हो ।
नेपालको कुटनीतिक इतिहासका थुप्रै पाटाहरु उजागर गरिएको पुस्तक नेपालको हिंजोको कुटनीतिक अवस्था बुझ्न चाहनेहरुका लागि समेत पठनीय छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>