समाचारशुक्रबार, पौष २४, २०७२

सप्तरीमा फेरि गोली प्रहार

हिमालखबर

गोली प्रहारबाट प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको एक साता नबित्दै सप्तरीमा पुनः एक जना सर्वसाधारणमाथि गोली प्रहार भएको छ ।

राजविराज नगरपालिका–२ चनौरा पडरिया टोल बस्ने चन्द्रशेखर ठाकुरमाथि २४ पुस दिउँसो १ बजे गोली प्रहार भएको हो ।

आफ्नो घरतर्फ जाँदै गरेका१७ वर्षीय ठाकुरमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।

दाहिने पाखुरामा गोली लागेका उनलाई उपचारका लागि अञ्चल अस्पताल राजविराज ल्याइएको छ ।

गोली कसले र किन प्रहार गर्‍यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि २० पुस साँझ झुटकी प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बामाथि नर्घाे–६ मा गोली प्रहार गरी उनको हत्या गरिएको थियो । सुब्बाको हत्यारा समेत हालसम्म पता लाग्न सकेको छैन् ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>