समाचारशुक्रबार, पौष २४, २०७२
रमेश सिलवालको नेतृत्वमा क्यानको तदर्थ समिति
राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) को १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
विवादका बीच सम्पन्न भएको क्यानको साधारणसभालाई मान्यता नदिएको राखेपले २४ पुसमा तदर्थ समिति गठन गरेको हो ।
समितिको महासचिवमा पवन अग्रवाल छन् ।
अध्यक्ष सिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् ।
यसअघि विनयराज पाण्डेको नेतृत्वमा गठित तदर्थ समितिमा सिलवाल महासचिव थिए । त्यसबेला सर्वोच्च अदालतले मान्यता नदिएपछि उक्त समिति निस्कृय भएको थियो ।
राखेपको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । तर, राखेपले यसलाई मान्यता नदिएर क्रिकेट संघको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
