समाचारशुक्रबार, पौष २४, २०७२

युद्धकालीन मुद्दा टिआरसीमा पठाउनुपर्छः महरा

हिमालखबर

maharaएमाओवादीका महासचिव कृष्णबहादुर महराले सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताएका छन् । यद्यपी उनले ‘जनयुद्ध’ कालीन मुद्दा सबै खारेज गरी सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंग्याउनु पर्ने पनि भने ।

नवलपरासीको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै महराले एमाओवादी नेता बालकृष्ण ढुंगेललाई माफ नदिन सर्वोच्चले दिएको आदेशबारे यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वोच्चको फैसलाको स्वागत गरिने तर, त्यसबेलाका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मा पठाइनुपर्ने उनको भनाई थियो ।

उनले भने, “एमाओवादीले २०५२ साल फागुन देखि २०६३ मंसीरसम्मका घटना बारेमा राजनीतिक समाधान खोज्ने प्रयास गरेको छ, संविधान जारी गर्नुअघि यस विषयमा कांग्रेस, एमाले र एमाओवादी बीच सहमति भएको थियो,” उनले थपे, “जनयुद्ध कालीन मुद्दा खारेजी हुन्छ त्यो टिआरसीमा जानुपर्छ ।”
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>