Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तरकारीमा आत्मनिर्भर रुपन्देही - Himalkhabar.com

थप समाचारशनिबार, पौष २५, २०७२

तरकारीमा आत्मनिर्भर रुपन्देही

हिमालखबर

रूपन्देहीवासीको जाँगरले नाकाबन्दीको समयमा पनि तरकारी अभाव हुन दिएन।

tarkariरूपन्देहीस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत वर्ष साउन–कात्तिकमा ३१ सय २६ टन हरियो तरकारी खपत भएको थियो। २८ सय ३३ टन स्वदेशकै उत्पादन थियो, बाँकी करीब ९ प्रतिशत भने भारतबाट आयात गरिएको थियो। तर, यो वर्षको सोही अवधिमा केन्द्रबाट खपत ३२ सय २० टन तरकारीमा ३१ सय ५२ टन हाम्रै खेतबारीका उब्जनी थिए। करीब २ प्रतिशतका लागि मात्रै भारतको भर पर्नु परेको छ।

भारतीय नाकाबन्दीको चौतर्फी असरका बीच रूपन्देहीवासीले तरकारीको अभाव भने खप्नु परेन। जारी नाकाबन्दीकै अवधिमा तरकारी उत्पादन बढेको छ। बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक अब्दुल कैयुम नाकाबन्दीले अन्य क्षेत्र बेस्सरी प्रभावित भए पनि तरकारीमा अभाव नभएको बताउँछन्।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा संकटका वेला आफ्नै तरकारीले भान्सा धान्नु सुखद् भएको बताउँछन्। “माटोको उर्वराशक्ति व्यवस्थापन र सिंचाइ विस्तार गर्न सकिए तरकारीमा पूर्णतः आत्मनिर्भर बन्न सकिन्छ”, उनी भन्छन्।

हरियो तरकारी काउली, बन्दा, गाँजर, सिमी, ब्रोकाउलीसँगै खुर्सानी, टमाटर, लसुनलगायतका बस्तुहरूको उत्पादनमा पनि यो वर्ष प्रगति भएको छ। आलु र टमाटरका लागि भारतीय उत्पादनको निर्भरतामा कमी आएको छ। कृषि उपज थोक व्यापार केन्द्रका अनुसार गत वर्षको चार महीनामा भएको खपतमध्ये ९६ प्रतिशत आलु र ७० प्रतिशत टमाटर भारतीय थिए।

तर, यसपटक स्वदेशी आलुमा ४ प्रतिशत र टमाटरमा २ प्रतिशतले उत्पादन बढेको छ। लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष वजिर शाह भन्छन्, “नाकाबन्दीमा तरकारी संकट नहुनु ठूलो कुरा हो, तर फलफूलमा भने समस्या छ।” प्याज र लसुन पनि भारतसँगै चीनबाट पनि आयात भइरहेको उनको भनाइ छ।

तरकारीको अभाव हुन नदिन उपभोक्ता र किसान आफैं तातेका छन्। “धेरैले कौसी, छतमा पनि खुर्सानी, सिमी, साग जस्ता छिट्टै फल्ने तरकारी रोपेका छन्”, बुटवल–११ का रामलाल आचार्य भन्छन्। स्थानीय भाञ्जाबाबु तरकारी पसलका सञ्चालक मेघनाथ पौडेल यस्तो वेला सरकारले किसान प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँछन्।

बुटवलको थोक बजारमा सल्यान, रोल्पा, जनकपुर, सुनसरी, पाल्पालगायतका जिल्लाबाट तरकारी आउँछन्। र, यी तरकारी रूपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ आदि जिल्लामा पुग्छन्। केन्द्रबाट हरेक वर्ष ३० हजार ६३० टन तरकारी खपत हुन्छ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>