समाचारआइतबार, पौष २६, २०७२

अमेरिकामा बस्ने नेपाली युवाको पुनःनिमार्ण अभियान

हिमालखबर

प्रियंका थपलिया । तस्वीर: देवकी बिष्ट

प्रियंका थपलिया । तस्वीर: देवकी बिष्ट

अमेरिकामा बस्ने नेपाली युवाहरुले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिमार्णका लागि अभियान चलाउने भएका छन् ।

१२ वैशाखमा गएको भूकम्पका कारण भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि अमेरिकामा बसोवास गर्ने नेपाली युवाहरुले ‘रिविल्डिङ् नेपाल’ प्रोजेक्ट सञ्चालन गर्ने भएका हुन् ।

“आठ हजार भन्दा बढीको ज्यान जाने गरी आएको विपत्तिमा लाखौं घर भत्किएका छन्, अर्थतन्त्र ध्वस्त भएको छ,” अभियानमा सहभागी मिस नेपाल युएस–२०१५ प्रियंका थपलियाले भनिन, “अझै पनि पीडितहरु पालमा आश्रित छन्, यस्तो अवस्थमा हामी पनि आफ्नो दायित्व निर्वाह गर्न सक्रिय भएका छौं ।”

उनले आफ्नो अभियानमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरिन् ।

अहिले ‘प्रोजेक्ट’ लाई कसरी अघि बढाउने भन्ने अध्ययनका लागि नेपाल आइपुगेको भन्दै उनले थपिन, “अहिले अध्ययनकै चरणमा छौं, भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेर केही राहत वितरण पनि गरिरहेका छौं ।”

प्रियंकाले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाविसका १०० परिवारलाई न्यानो कम्बलका साथै १७५ बालबालिकालाई लुगा वितरण गरेको बताइन् ।

“अहिले थोकर्पामै क्षतिग्रस्त विद्यालयको निर्माण र गाउँमा शौचालय निर्माणमा केन्द्रित हुँदै छौं,” उनले थप कार्यक्रमबारे जानकारी दिइन् ।

पुनःनिमार्ण प्रोजेक्टको अध्ययन भ्रमणका लागि रामेछापको मन्थली पुगेकी उनले स्थानीय मन्थली उच्च माविमा अध्ययन्रत दलित परिवारका बालबालिकाको विद्यालय पोशाक र शैक्षिक सामाग्री लागि रु. एक लाख समेत सहयोग गरेकी थिइन् ।

रिविल्डिङ् प्रोजेक्टका लागि उपराष्ट्रपतिको कार्यालयलाई साझेदार बनाएर अघि बढ्ने प्रोजेक्टका नेपाल प्रतिनिधि प्रमोद शाहले बताए ।
२५ पुसमा पर्यटन बोर्डको कार्यालयमा पत्रकार सम्मेलन उक्त अभियानबारे जानकारी गराइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>