खेलकुदआइतबार, पौष २६, २०७२

काकडभिट्टा गोल्डकपको उपाधि विर्तामोड युनाइटेडलाई

हिमालखबर

प्रथम काकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुटानी शरणार्थी टिमलाई हराउँदै विर्तामोड युनाइडेट क्लब झापाले हातपारेको छ ।

तस्वीर: गोपाल गडतौला

तस्वीर: गोपाल गडतौला

प्रतियोगिताको २५ पुषमा सम्पन्न फाइनल खेलमा शरणार्थीको फ्यान्स क्लबलाई शून्यका बिरुद्ध एकको अन्तरले पराजित गर्दै विर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो ।

जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको छ । उपविजेता शरणार्थी क्लबले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्तत गरेको छ ।

खेलको एकमात्र गोल विर्तामोड युनाइटेडका देवेन्द्र तामाङले खेलको १४ औं मिनटमा गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच पनि तामाङ नै भए ।

१८ पुषमा शुरु प्रतियोगितामा नेपाल, भारत र भुटानको शरणार्थी टिम समेत गरी ८ टिम सहभागी भए ।
गोपाल गडतौला,झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...