Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फाल्गुनन्द गोल्डकप फुटवल शुरु - Himalkhabar.com

खेलकुदआइतबार, पौष २६, २०७२

फाल्गुनन्द गोल्डकप फुटवल शुरु

हिमालखबर

पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सातौं सस्करण शुरु भएको छ ।

football1२५ पुसमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा काम्राङ फुटवल क्लव सिक्किमले अग्रता लिएको छ ।

आफ्नो प्रतिस्पर्धी विराट स्पोर्टस एकेडेमी मोरङलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले हराँउदै सिक्किले अग्रता लिएको हो ।

९० मिनेटसम्म खेलाइएको खेल गोल रहित वरावरीमा टुंगिएपछि ट्राइवेकरका आधारमा निर्णय गरिएको थियो ।

ट्राइवेकर सिक्किमका आदित्य शर्मा, समिर राई, टासिङ जङवु तामाङ र राजकुमार लिम्वुले १–१ तथा मोरङका तर्फवाट टुमान राई र मनिष अधिकारीले १–१ गोल गरेका थिए ।

४–४ जनाले गोल प्रहार गरेकोमा मोरङका पृथ्वी चौधरी र विवेक राजवंशीले गोल पोष्ट वाहिर प्रहार गर्दा मोरङले हार खाएको हो ।
विजेता टिम सेमी फाइनलमा प्रवेश गरेको छ ।

फिदिम स्पोर्टिङ क्ल्वले आयोजना गरेको फाल्गुनन्द गोल्डकपमा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।

२ माघेसम्म चल्ने प्रतियोगताका विजेता टिमले रु १ लाख ११ र दोस्रो हुने टिमले रु ५५ हजार ५ सय सहित ट्रफि पाउने छन् ।

खेलको उद्घाटन अखिल नेपाल फुटवल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए ।
लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>