समाचारआइतबार, पौष २६, २०७२

कांग्रेस केस बैठक सम्पन्नः निर्वाचन निर्देशिका पारित

हिमालखबर

कांग्रेस केन्द्रीय समिति बैठक १३ औं महाधिवेशनका लागि निर्वाचन निर्देशिकामा केही सुधार परिमार्जन गरेर पारित भएको छ ।

पार्टी केन्द्रीय कार्यालयको छतमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठक । तस्वीर: कपिल भट्ट

पार्टी केन्द्रीय कार्यालयको छतमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठक । तस्वीर: कपिल भट्ट

निर्देशिका पारित भएसँगै गाउँ तहदेखि केन्द्रीय तहसम्मको निर्वाचन प्रकृयाका लागि मार्ग प्रशस्त भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

यसअघिको निर्देशिकामा खासै परिवर्तन नभएको, कतिपय गाविसहरु नगरपालिकामा परिणत भैसकेको अवस्थामा त्यसैअनुसार निर्देशिकामा परिमार्जन गरिएको बडूले जानकारी दिए ।

त्यसैगरी बैठकले कांग्रेस नेता एवम् अर्थमन्त्री रामशरण महतलाई ‘द बैंकर’ ले विश्वकै वर्ष अर्थमन्त्री घोषणा गरेकोमा महतसहित तत्कालीन सरकारलाई बधाई र पत्रिकालाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

बैठकमा नेता महेश आचार्यले मधेशी मोर्चासँँग जारी वार्ताका बारेमा बैठकलाई जानकारी गराएका थिए । बैठकपछि उनले भने, “मोर्चाको अपेक्षा सम्बोधन हुनेगरी साझा अवधारणा बनाएर वार्ताबाट अघि बढौं भन्ने हाम्रो आग्रह छ ।”

उनले वार्ता सकारात्मक रुपमा अघि बढेको, तीन महिनामा टुंग्याउने गरी सीमांकनको जिम्मा राजनीतिक समितिलाई दिने र सबै पार्टी र जनमतसमेतका आधारमा त्यसबारे निर्णय गर्ने बारे बैठकमा छलफल भएको बताए ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनका कारण पनि सीमांकनबारे धेरै छलफल गर्ने समय कांग्रेससँग नभएको उनले बताए ।

बैवाहिक अंगिकृत नागरिकताको विषयमा मोर्चाको असन्तुष्टि ‘संघीय कानुन अनुसार हुनेछ’ भन्ने वाक्यांशमा रहेको हुँदा त्यसलाई ‘प्रचलित कानुन अनुसार’ वा अन्य शब्दमा स्पष्ट पार्ने कांग्रेसको धारणा छ ।

त्यसैगरी राष्ट्रिय सभामा प्रतिनिधित्वबारे एउटा समान संख्या निर्धारण गरेर त्यसबाहेकका लाई जनसंख्याका आधारमा लैजान सकिने पनि कांग्रेस बैठकमा छलफल भएको छ ।

कांग्रेसको कृयाशील सदस्यताबारे विवाद समाधानका लागि यसअघि पार्टी सभापतिलाई बुझाइएको प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले उठाएका सरोकार र सुझावलाई ध्यानम राखेर अन्तिम प्रतिवेदन पार्टी सभापतिलाई बुझाउने र सभापतिले निर्वाचन समितिलाई बुझाउने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>