थप समाचारआइतबार, पौष २६, २०७२

भारतबाट ६० लाख चोरेर भागेका पक्राउ

हिमालखबर

भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट चोरी गरेर ल्याएको रु ६० लाख चार हजार ५०० भारु नोट बरामद गरेको छ ।

गत ९ पुसमा भारतको चेम्बुरस्थित एक बिल्डर्सको घरबाट चोरी गरिएको भारु ६० लाखसहित सोही घरका भान्से लव शाही र चौकीदार जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

आज अञ्चल प्रहरी कार्यालय नेपालगञ्जमा बरामद नोटसहित अभियुक्तद्वय शाहीलाई सार्वजनिक गरी प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातले घटनाको जानकारी गराए ।

सो घटनामा संलग्न उपेन्द्र शाही, धिरण शाही र मनुमाया सिंह भने फरार रहेका प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>