समाचारसोमबार, पौष २७, २०७२
पृथ्वीनारायण शाहको जन्मजयन्ती (फोटो फिचर)
आज नेपाल प्रज्ञाप्रतिष्ठान लगायतका संस्था र नागरिकस्तरमा पनि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानले पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्तीका अवसरमा नेपाली सेनाको ब्याण्ड र बाजागाजासहित विहानै काठमाडौंमा र्यालीको आयोजना गर्यो ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दै सिंहरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी फर्केको थियो ।
त्यसैगरी पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न विभिन्न संस्थाहरु समेत र्याली र बाजागाजासहित सिंहदरबार पश्चिम ढोका अगाडि पुगेका थिए ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शम्शेर जबरा, राप्रपा नेपाल अध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री कमल थापा, उपसभामुख गंगाप्रसाद यादव, पूर्व मूख्यसचिव लिलामणी पौड्याल, कलाकार सन्तोष पन्त सहित नेता, प्रशासक, मन्त्री र नागरिक समूहको उल्लेख्य पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुगेका छन् ।
यसै अवसरमा आज दिउँसो राप्रपा नेपालले काठमाडौंमा जलपान कार्यक्रमको समेत आयोजना गरेको छ । भने विभिन्न जिल्लामा कार्यक्रमहरुको आयोजना गरेको छ ।
विसं। १७७९मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्यरोहण गरेर नेपालको एकीकरण एवम् विस्तार अभियान शुरु गरेका थिए ।
५२ वर्षकै उमेरमा दिंवगत भएका राजा पृथ्वीनारायण शाहको दिव्यउपदेस आज पनि उत्तिकै सान्दर्भीक छ ।