समाचारसोमबार, पौष २७, २०७२
निजामति सेवामा महिलाको न्यून उपस्थिति दुखदः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निजमाति सेवामा महिलाको न्यून उपस्थिति हुनु दुखद भएको बताउँदै महिला शिक्षामा जोड दिइने बताएका छन् ।
सबै क्षेत्रमा महिला सहभागिता बढाउन उनीहरुको शिक्षामा जोड दिनुपर्ने बताएका ओलीले संसद र सरकारमा भने ३३ प्रतिशत महिला सहभागिता हुनसक्नु सन्तोषजनक भए पनि प्रशासनिक क्षेत्रमा महिला प्रतिनिधित्व निकै कम रहेको बताए ।
सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको ‘निजामति सेवामा महिला’ विषयको अन्तरक्रियामा सहभागी प्रधानमन्त्री ओलीले शिक्षामा अगाडि रहेका देशहरुमा सवै क्षेत्रमा महिला सहभागिता बढी रहेको भन्दै शिक्षाले नै अवसर दिने बताए ।
उनले भने, “निर्णायक तहमा महिला सहभागिता न्यून भए पनि पहिलेको तुलनामा प्रगति भएको छ, सरकार सवै क्षेत्रमा महिला सहभागिता बढाउन प्रयत्नशील छ ।”
सदियौँ देखि महिलाहरु उत्पीडनमा परेको भन्दै उनले अहिले पनि आफ्नै परिवार, नातागोता र समाजबाट महिलाले हिंसा व्यहोर्नु परिरहेकोमा चिन्ता व्यक्त गरे ।
नेपालको निजामति सेवामा महिला सहभागिता १८ प्रतिशत मात्रै छ, त्यसमध्ये पनि मथिल्लो तहमा महिला प्रतिनिधित्व निकै न्यून छ ।
निर्मला भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
