थप समाचारसोमबार, पौष २७, २०७२

दशगजामै लाग्यो इन्धन बजार (तस्वीरहरु)

हिमालखबर

पेट्रोल बिक्रीका लागि झापामा स्थानीय प्रशासनले अनौपचारिक रुपमा तोकिदिएकोे मेचीनगर–११ को प्यारीभिट्टा मैदानबाट बिक्री गर्न नपाएपछि खुद्रे तस्करहरुले दशगजा र मेची पुलमै डिजेल र पेट्रोलको बजार लगाएका छन् ।

मेची पुलमा इन्धन बेच्नेको भीड लागेपछि आवत जावत गर्नै समस्या हुन थालेको छ । सबै तस्वीर: गोपाल गडतौला

मेची पुलमा इन्धन बेच्नेको भीड लागेपछि आवत जावत गर्न समस्या हुन थालेको छ । सबै तस्वीर: गोपाल गडतौला

गत ६ असोजदेखि भारतले नाकाबन्दी शुरु गरेपछि कााँकडभिट्टामा पारीबाट जर्किन र मोटरसाईकलमा इन्धन भरेर नेपाल ल्याई घर–पसलबाटै विक्री हुने गरेको थियो ।

जथाभावी पेट्रोल–डिजल भण्डारण गरेर वेच्दा सुरक्षा खतरा हुने भन्दै स्थानीय प्रशासनले त्यस्तो डिजेल र पेट्रोल विक्रीका लागि काँकडभिट्टाको प्यारीभिट्टास्थित खाली मैदानलाई अनौपचारिकरुपमा विक्रीस्थल तोकिदिएको थियो ।

mechi1तर पुस दोस्रो सातादेखि प्रहरीले प्यारीभिट्टामा इन्धन बिक्रीमा रोक लगाएपछि भारतको पानीटंकीबाट ल्याइएको खुद्रा इन्धन साईकल र मोटरसाइकलले पुलको बीच र दशगजामा पुगेका नेपाली मोटरसाईकललाई बोतलबाट बिक्री गरिरहेका छन् ।

mechi3बिहानदेखि साँझसम्म सीमापार पानीटयाँकीका पेट्रोलपम्पबाट मोटरसाईकल, साईकल, जर्किनमा इन्धन भरी मेची पुलसम्म ल्याउन अहिले कम्तिमा पनि तीनसय महिला–पुरुष सक्रिय छन् ।

उनीहरुले डिजेल प्रतिलिटर रु १२० र पेट्रोल प्रति लिटर रु १४० मा बिक्री गरिरहेका छन् । तर त्यही पेट्रोल डिजेल अली वारी बजारसम्म आइपुग्दा भने महंगो भइसकेको हुन्छ ।

mechiकाँकडभिट्टा नाका केही सहज हुँदै गएका कारण इन्धनको प्यारीभिट्टास्थित खुल्ला खुद्रा बजार बन्द गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका नायब उपरीक्षक श्याम अधिकारीले बताए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>