Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फेसबुकमार्फत युवतीलाई फकाई लाखौं ठग्ने पक्राउ - Himalkhabar.com

थप समाचारसोमबार, पौष २७, २०७२

फेसबुकमार्फत युवतीलाई फकाई लाखौं ठग्ने पक्राउ

हिमालखबर

subedi

भविन्द्र सुवेदी

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगीमा सक्रिय झापा खुदुनावारी– ७ का भविन्द्र सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

भविन्द्रले नक्कली फेसवुक अकाउण्ट खोलेर पाँचथर र झापाका पाँच जना महिलालाई साथी बनाई ठगी गरेको खुलेपछि पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

पाँचथरका प्रहरी प्रमुख कष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो पटक पाँचथरकी एक युवतीवाट एक साताभित्र रु ३ लाख १ हजार ७०० रुपैंया ठगी गरेपछि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । भविन्द्र २६ पुस साँझ विर्तामोडबाट पक्राउ परेका हुन् ।प्रहरीले गोपनीयता कायम राख्न भन्दै पीडितहरुको परिचय भने खुलाएको छैन ।

यसरी गरे लाखौं ठगी
झापा खुदुनावारी–७ घर भएका सुवेदीले काठमाडौंमा बसेर निश्चल शर्मा नामको फेसवुक अकाउण्ट बनाई त्यसमार्फत युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी ठग्दै आएको खुलेको छ ।

पाँचथरकी युवतीसँग फेसबुकमार्फत चिनजान बढाएका भविन्द्रले आफ्नो काठमाडौंमा ६ तले घर र विभिन्न वैंकमा रु ३५ लाख रहेको बताई विवाहको प्रस्ताव समेत राखी ठगी गरेका हुन् ।

अविवाहित ती युवती पनि सुवेदीले काठमाडौंमा घर र वैंक व्यालेन्स रहेको भन्दै विवाहको प्रस्ताव राखेपछि उनीप्रति आकर्षित भएको प्रहरीलाई बताएकी छन् ।

युवतीले प्रहरीलाई बताए अनुसार भविन्द्रले पछिल्लो पटक ती युवतीलाई भेट्न पाँचर आउँदै गरेको बताएको तर, चितवन आइपुगेपछि सवारी दुर्घटना परी अस्पताल भर्ना भएको बताएका थिए ।

अस्पतालमा आफूसँग नगद नभएको, एटिएम काठमाडौंमै छुटेको भन्दै उनले ती युवतीलाई पैसा पठाइदिन भनेपछि युवतीले पनि पटकपटक गरी भविन्द्रले भने अनुसारकै बैंक खातामा एक साताभित्र रु ३ लाख १ हजार ७०० जम्मा गरिदिएकी थिइन् ।

तर, काठमाडौंमै रहेका युवकले लगत्तै आफ्ना बुवाको पनि मृत्यु भएको भन्दै काजकिरिया सकेर उनलाई भेटन आउने वाचा गरी मोबाइल फोन स्वीच अफ गरेका थिए भने फेसबुकबाट ती युवतीलाई अनफ्रेन्ड गरेका थिए ।

लामो समयसम्म युवक सम्पर्कमा नआएपछि युवतीले आफु ठगिएको शंकामा प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरी उपरीक्षक कोइरालाले भने, “उनलाई पक्राउ गर्न पनि समाजिक सञ्जाल नै प्रयोग ग¥यौं, उनको अकाउण्टमा साथी रहेकी अर्की युवतीलाई प्रयोग गरेर पक्राउ गर्न सकियो । ”

ठगीको रकमले काठमाडौं, धादिङ, गोर्खा र नवलपरासीमा मोजमस्ती गर्दै हिंडेका भविन्द्रले अर्की युवतीलाई पनि आफू संकटमा परेको र रकम पठाइदिन भन्दै आग्रह गरेपछि उनलाई युवतीमार्फत रकम लिन झापा बोलाई पक्राउ गरिएको कोइरालाले बताए ।

भविन्द्र सुवेदीले आफू केही वर्ष वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेको र त्यहाँ पनि कमाई हुन नसकेपछि नेपाल फर्किएर ठगी धन्दा शुरु गरेको प्रहरीलाई बयान दिएका छन् ।

उनका साथवाट प्रहरीले नगद ८८ हजार समेत वरामद गरेको छ ।

आफूलाई अविवाहित बताउँदै आउका भविन्द्रका दुईजना श्रीमतीमध्ये जेठी झापाको खुद्नावारी र कान्छी नवलपरासीको गैंडाकोटमा वस्दै आएको प्रहरीले जनाएको छ ।
लक्ष्मी गौतम, फिदिम

फेसबुकमा चिनेकासँग भागेपछि…

नेपाली समाजमा ‘फेसबुक विवाह’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>