समाचारमंगलबार, पौष २८, २०७२

महोत्तरीको जनजीवन सामान्य बन्दै

हिमालखबर

झन्डै पाँच महिनादेखि जारी मधेश केन्द्रित दलहरुको आन्दोलन सेलाएपछि महोत्तरीको जनजीवन सामान्य बन्दै गएको छ ।

आन्दोलनका कार्यक्रम कम हुँदै गएसँगै अस्तव्यस्त बनेको यस क्षेत्रको जनजीवन पछिल्लो समयमा आएर सामान्य बन्दै गएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरलगायत ग्रामीण भेगमा रहेको साप्ताहिक हाटबजार क्रमिक रुपमा खुल्दै गएका छन् ।

आन्दोलनका कार्यक्रम नहुँदा सर्वसाधारणको दैनिकी समेत शान्तिपूर्ण बनेको छ ।

पछिल्लो समय सदरमुकाम जलेश्वरमा आन्दोलनको खासै प्रभाव परेको छैन । यहाँका बजार पसल खुलेका छन् । त्यस्तै जिल्लाका प्रमुख व्यापारी केन्द्रका रुपमा रहेको गौशाला, सम्सी, रामगोपालपुर, औरही, भ्रमरपुरालगायतका बजार पनि निर्वाध रुपमा सञ्चालनमा छन् ।

आन्दोलनको शुरुआतका बेला मध्यमधेशका हरेक पसल, हाटबजार, सवारी साधनमा रोक लगाए पनि पछिल्लो समयमा सार्वजनिक रुपमा चल्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनबाहेक इ–रिक्सा, टेम्पोलगायतका साना सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएका हुन् ।

सीमा नाकामा मोर्चाले धर्ना दिँदै आएका स्थलहरु प्रायः सुनसान देखिन थालेका छन् ।

सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र जिल्ला अदालतबाहेकका सरकारी कार्यालय अझै पनि सञ्चालनमा आउन नसकेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>