Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अपहरणमा परेका बालकको शव फेला - Himalkhabar.com

थप समाचारमंगलबार, पौष २८, २०७२

अपहरणमा परेका बालकको शव फेला

हिमालखबर

महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका आठ वर्षीय बालकको गए राति शव फेला परेको छ ।

भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा गएराति १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अपहरणकारीहरुले २५ पुस राति करिब ७ बजे बालक महासेठलाई अपहरणपछि हत्या गरी गाडेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाई गाडिएको ठाउँबाट शव बरामद गरेको हो ।

थप अनुसन्धान जारी रहेको जिप्रका, महोत्तरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>